शैक्षिक गुणस्तर अभिवृद्धिका लागि त्रिपक्षीय संवाद

बैतडी: शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बैतडीको दाेगडाकेदार गाउँपालिकामा त्रिपक्षीय संवाद सञ्चालन गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई र दाेगडाकेदार गाउँपालिकाकाे संयुक्त आयाेजनामा श्रीकाेटस्थित सनातन धर्म मावि खाेचलेकमा संवाद सञ्चालन गरिएको हाे ।

संवादमा बाेल्दै दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्थानीय तहलाई शिक्षाको अधिकार दिएपनि बजेट कटाैतीले समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयाे,”स्थानीय तहकाे बजेट कटौतीले समस्या निम्तिएकाे छ। नयाँ शिक्षा ऐन आउन जरुरी छ। स्थानीय तहलाई कमजाेर बनाएर संघियता बलियाे हुन सक्दैन । स्थानीय तहकाे अस्तित्व प्रदेश र केन्द्र सरकारले स्वीकार्न सकेका छैनन् ।”

प्रत्येक वर्ष स्थानीय तहकाे बजेट कटाैती हुने गरेकाे बताउदै उहाँले सबै मिलेर स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जाेड दिनुभयाे।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थीले शैक्षिक गुणस्तर सुधारका लागि सर्वपक्षीय आवश्यकता पूर्ति रहेकाे औल्याउनुभयाे।

उहाँले भन्नुभयाे,” गुणस्तर सुधारका लागि सर्वपक्षीय आवश्यकता पूर्ति हुन आवश्यक छ। पहिलाे पाठशाला घर रहेकाेले घरबाटै संस्कार सिकाउनुपर्छ। विद्यालयहरूले याेजना बनाएर गुणस्तर सुधारका लागि काम गर्नुपर्छ ।”

गाउँपालिकाका प्रवक्ता दिनेशप्रशाद भट्ट शैक्षिक रूपान्तरणका लागि गाउँपालिकाले काम गरिरहेकाे बताउनुभयो ।

उहाँले भन्नुभयाे,” शैक्षिक रूपान्तरणका लागि हामीले काम गरिररहेका छाैं। जुन शैक्षिक गुणस्तर सुधारका लागि हुनेछ ।”

गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जाेशीले शैक्षिक गुणस्तर सुधारका लागि याेजनावद्ध रूपमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयाे।

नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक देवराज जाेशीले शैक्षिक गुणस्तर सुधार गर्न सबैले लाग्नुपर्नेमा जाेड दिनुभयो ।

उहाँले भन्नुभयाे,”शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले लाग्नुपर्छ। विद्यालयकाे पढाइले मात्रै सबै कुरा सम्भव छैन् । घरमा अभिभावकले पनि ध्यान दिनुपर्छ।”

विद्यार्थी घट्दाे क्रममा रहकाले समस्या निम्तिएकाे बताउदै उहाँले गुणस्तर सुधारका लागि अनुभव आदानप्रदान पनि जरुरी रहेकाे धारणा राख्नुभयाे।

सनातन धर्म माविका प्रधानाध्यापक बलदेब नाथले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

संवादमा जनप्रतिनिधि,समन्वय इकाईका प्रमुख, प्रधानाध्यापकलगायत सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे।

संवादसंगै सनातन धर्म माविमा कक्षा अवलाेकन, सुपरिवेक्षण र शिक्षकसंग अन्तरक्रिया समेत गरिएको थियोे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!