एसिसी यु-१६: नेपाल र सिङ्गापुर भिड्दै,सुखद सुरूवातकाे खाेजीमा नेपाल

काठमाडौ: मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको युकेएम ओभलमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

यससँगै नेपालले पहिला बलिङ गर्दैछ ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ ।

नेपाल समूह ‘ए’मा रहेको छ ।
नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् ।
त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!