संस्कृति संरक्षणकाे प्रयासमा दाेगडाकेदार गाउँपालिका

बैतडी :बैतडीको दाेगडाकेदार गाउँपालिकाले संस्कृति सम्बर्द्धन तथा संरक्षणकाे प्रयास थालेकाे छ ।

गाउँपालिकाले संस्कृति संरक्षणकै लागि भनेर अन्तरक्रियाकाे आयाेजना गरेर छलफल थालेकाे हाे ।

हराउदै गएका स्थानीय संस्कृति संरक्षणका लागि अन्तरक्रियाकाे आयाेजना गरिएको दाेगडाकेदार गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गाेपाल कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयाे,” विदेशी संस्कृतिले हाम्राे संस्कृति संकटमा पर्दै गएकाे छ। हामी हाम्राे संस्कृतिलाई बिर्सिदै गएका छाैं। संस्कृति संरक्षणका लागि युवा पुस्ताकाे ध्यान जान पनि जरुरी छ।”

समाजसेवी तथा तरूण दलका केन्द्रीय सदस्य घनश्याम भट्टले पनि संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयाे।

उहाँले भन्नुभयाे,” बाहिरि संस्कृति हाबी हुँदा हाम्राे संस्कृति हराउदै गएको छ। स्थानीय बाजागाजा,भेषभुषा हामी बिर्सिदै गएका छाैं। यसकाे संरक्षणका लागि गाउँपालिकाले थालेकाे प्रयास निकै राम्राे हाे । ”

अध्यात्मिक र याेगका कार्यक्रमपनि गाउँपालिकाले सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयाे।

कार्यपालिका सदस्य शान्ति भुलले अधिकारकाे नाममा संस्कृति बिर्सेका बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले संस्कृतिकाे नाममा विकृति आएको बताउनुभयाे।

उहाँले भन्नुभयाे,” विदेशी संस्कृतीले हाम्रो संस्कृति हराउदै गएको छ।
स्थानीय कला,संस्कृति,भेषभुषा संरक्षणका लागि गाउँपालिकाले प्रयास थालेकाे छ।”

संस्कृति हराउदै गएकाेप्रति चिन्ता व्यक्त गर्दै गाउँपालिका अध्यक्ष चक्र कार्कीले यसकाे संरक्षणमा जाेड दिनुभयाे।

उहाँले भन्नुभयाे,” विदेशीले आफ्नाे संस्कृतिकाे प्रचार गर्छन् ,हामी प्रचारकाे सट्टा बिर्सेका छाैं। विदेशी संस्कृतिले विकृति बढाएकाे छ। पालिकाले हाम्राे संस्कृति जगेर्ना गर्न प्रयास थालेकाे छ। ”

संस्कृति संरक्षणका अभियान्ता तथा दाेस्राे संविधानसभा सदस्य कलशा महराले संस्कृति हाम्राे पहिचान रहेकाे बताउदै यसकाे संरक्षण गर्नुपर्ने बताउनुभयाे।

उहाँले भन्नुभयाे,” संस्कृति हाम्राे पहिचान हाे। हामी जति नै ठुलाे पदमा पुगेपनि संस्कृति बिर्सनुहुदैन।”

यसैबीच दाेगडाकेदार गाउँपालिकाले संस्कृति संरक्षणका अभियान्ता तथा दाेस्राे संविधानसभा सदस्य कलशा महरालाई सम्मान गरेकाे छ।

सुदूरपश्चिमकाे कला,संस्कृति संरक्षणमा लामाे समयदेखि गरेकाे याेगदानकाे कदर गर्दै उहाँलाई सम्मान गरिएकाे जनाएको छ।

कार्यक्रममा संस्कृति संरक्षणसम्बन्धिका प्रस्तुतिहरू पनि राखिएका थिए।

oplus_0

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!