बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिकाले महिलाहरूका लागि चप्पल उत्पादन तालिम सञ्चालन गरेकाे छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे सहयोग तथा दाेगडाकेदार गाउँपालिकाकाे आयाेजनामा तालिम सञ्चालन भएकाे हाे ।
आर्थिक समृद्धिकाे आधार,उद्यम मार्फत राेजगार भन्ने नाराका साथ तालिम सञ्चालन गरिएको छ।
तालिममा दाेगडाकेदार वडा नम्बर ३ र ७ का १२ महिलाहरूकाे सहभागिता रहेकाे गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयाे।
उहाँले भन्नुभयाे,” महिलाहरूलाई सीप सिकाएर स्वराेजगार बनाउन तालिम सञ्चालन गरेका हाैं। यस तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयाेग पुग्नेछ ।”
तालिमका लागि मेसिन र कच्चा पदार्थ खरिद गरिएको छ। साथै कैलालीबाट प्रशिक्षकसमेत बाेलाइएकाे छ।
तालिममा सहभागी महिलाहरूमा केही गर्नुपर्छ भन्ने भावना रहेकाे प्रशिक्षक संजिता रानामगरले बताउनुभयाे।
उहाँले भन्नुभयाे,” महिलाहरू राम्रोसँग सिकिरहेका छन्। महिलाहरूमा केही गर्नुपर्छ भन्ने भावना छ। सीप सिकेपछि आत्मनिर्भर बन्न उनीहरूलाई उद्यमशिलता तालिमकाे पनि आवश्कता पर्छ।”
चप्पल उत्पादन तालिमपश्चात स्वराेजगार बन्न मद्दत पुग्ने विश्वास रहेकाे सहभागी लक्ष्मी साउँदकाे छ।
उहाँले भन्नुभयाे,” याे तालिमले हामीलाई आत्मनिर्भर बन्न सहयाेग पुग्छ भन्ने विश्वास छ। तालिमपश्चात आफ्नै उद्योग सञ्चालन गर्छु।”
बेरोजगार महिलाहरूलाई राेजगार दिन तालिम सञ्चालन गरिएको दाेगडाकेदार गाउँपालिकाका उद्धम विकास शाखाका प्रमुख रामदत्त जाेशीले बताउनुभयो ।
उहाँले भन्नुभयो,” बेराेजगार महिलालाई सीप सिकाएर उद्यमी बनाउने र आत्मनिर्भर बनाउने हाम्रो उद्येश्य हाे।”
बेराेजगारलाई सीप सिकाएर आत्मनिर्भर बनाउन चप्पल तालिमका साथै कपडा र साबुन उत्पादन तालिम समेत सञ्चालन भइरहेको छ।
