सुदूरपश्चिम: भारतबाट फर्केका थप पाँच जनामा काेराेना संक्रमण

बैतडी: भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका थप पाँच जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३० जनाको परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

कोभिड पुष्टि हुनेमा पाँचै जना महिला रहेका र तीन कैलाली र दुई अछामका हुन्।
उहाँले भन्नुभयाे,”शंकास्पद व्यक्तिकाे एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा काेभिड पुष्टि भएकाे छ।कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छाैं।”

पछिल्लो समय यहाँ दैनिक काेभिड संक्रमित भेटिन थालेका छन्।
यसअघि हिजाे बिहिवार एक र बुधबार तीन जनामा काेभिड संक्रमण देखिएको थियाे।

भारत तथा अन्य छिमेकी राष्ट्रहरुमा कोभिड १९ को संक्रमण देखा परिरहेकोले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकाहरुमा सतर्कता अपनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिइएपनि सुदूरपश्चिममा कोभिड संक्रमण भए नभएको पत्ता लगाउने एन्टिजेन किटको अभाव रहेको छ ।

कोभिड १९ को संक्रमण जोखिम बढेकोले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!