रास्वपाकाे न्वालीमा संगठन बिस्तार,सभापतिमा शेरसिंह कार्की

बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोगडाकेदार गाउँपालिकामा संगठन बिस्तारमा तिब्रता दिएको छ ।

संगठन बिस्तारकै क्रममा उक्त पार्टीले आज वडा नम्बर ५ न्वालीमा अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनबाट सभापतिमा शेरसिंह कार्की चयन हुनुभएको छ। यस्तै उपसभापतिमा दिनेश भुल,
सचिवमम उत्तर बहादुर कार्कीलगायत सदस्यहरू चयन हुनुभयो ।
रास्वपा जेठ १७ गतेदेखि दोगडाकेदारमा संगठन बिस्तारमा लागेको छ।
यसअघि सित्तड र रिममा संगठन बिस्तार गरिसकेको छ।

दोगडाकेदारका साथै जिल्लाका सबै वडामा आफ्नो संगठन बिस्तार गरिने रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले बताउनुभयो ।

रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै संगठन बिस्तारको काम सुरु गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!