नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं: मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल पराजित भएको छ।

पथुम थानीस्थित थम्मासत रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल २-० ले पराजित भएको हो।

५९ औं मिनेटमा सिधै प्रहार भएको फ्रिकिक कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले रोक्न नसक्दा नेपाल खेलमा १–० ले पछि पर्‍यो।

७४औं मिनेटमा नेपालले दोस्रो गोल खायो। सिक्स यार्ड बक्सनजिकबाट कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै अग्रता दोब्बर बनाइन्।

नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा महिला एसियन कप छनोट खेल्दैछ। सोही प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग एक मैत्रीपूर्ण र एक अभ्यास खेल खेलेको हो।

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ। यो समूहमा नेपाल र आयोजक राष्ट्र उज्वेकिस्तानसँगै लाओस र श्रीलंका पनि छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!