मुम्बईलाई हराएर पन्जाब फाइनलमा,उपाधि भिडन्त बेंगलोरसँग

काठमाडौं: पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) काे फाइनलमा पुगेको छ।
दोस्रो क्वालिफायर खेलमा पन्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो ।

मुम्बईले दिएको २ सय ४ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

पन्जाबका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित नटआउट ८७ र नेहाल वाधेराले २९ बलमा ४८ रनको योगदान दिए ।

मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १-१ विकेट हात पारे ।

त्यसअघि मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । तिलक वर्माले सूर्यकुमार यादवले समान ४४/४४ रन बनाए ।

पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

पन्जाबले अब उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ ।

पहिलो क्वालीफायरमा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलोरले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
यस सिजन नयाँ च्याम्पियन पाउने पक्का भएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!