क्लासेनकाे कीर्तिमानी शतकमा हैदराबादकाे कोलकातामाथि विशाल जित

काठमाडौं: सनराइजर्स हैदराबादले आईपीएल २०२५ को आफ्नो अन्तिम खेलमा साविक विजेता कोलकाता नाइट राइडर्समाथि विशाल जित निकालेको छ ।
हैदराबादले कोलकातालाई ११० रनले हराएको हो ।

हैदराबादले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले १८.४ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो ।
मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए । हर्षित रानाले ३४ तथा सुनिल नारिनले ३१ रन बनाए ।

हैदराबादका जयदेव उनादकटले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । हर्श दुबेले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिए । इशान मलिंगाले पनि ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७८ रनको विशाल योगफल बनाएको थियो । हेनरिक क्लासेनले ३९ बलमा अविजित १०५ रनको शतकीय पारी खेले । उनले ७ चौका र ९ छक्का प्रहार गरे ।

क्लासेनले सर्वाधिक छिटाे शतक हिर्काउने सूचीमा आफ्नो नाममा लेखाए। उनले ३७ बलमै शतक पूरा गरे।

त्यस्तै ट्राभिस हेडले ७६ रन बनाउँदा अभिषेक शर्माले ३२, इशान किशनले २९ र अनिकेत वर्माले अविजित १२ रन बनाए । कोलकाताका सुनिल नारियनले २ विकेट लिँदा वैभव अरोराले १ विकेट हात पारे ।

यस जितपछि हैदराबादले १४ खेलमा १३ अंकसहित सिजन टुंग्याएको छ ।
साविक विजेता कोलकाता भने १४ खेलबाट १२ अंकमा सीमित भयो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!