टेस्ट राष्ट्र बंगलादेशविरूद्ध सिरिज युएईलाई, रच्याे इतिहास

काठमाडौं: बंगलादेशविरुद्ध ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला यूएईले जितेको छ। तीन खेलको शृंखला यूएईले २–१ ले जित्दै बंगलादेशमाथि पहिलोपटक शृंखलामा ऐतिहासिक जित निकालेको हो ।

त्यस्तै समग्रमा दोस्रोपटक कुनै टेस्ट राष्ट्रविरुद्ध टी–२० शृंखला जित्ने इतिहास रच्यो। यसअघि यूएईले सन् २०२१ मा आयरल्यान्डलाई पनि हराएको थियो।

बुधबार सम्पन्न शृंखलाको अन्तिम खेलमा बंगलादेशले दिएको १६३ रनको लक्ष्य यूएईले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। अलिशान शराफुले ४७ बलमा पाँच चौका र तीन छक्का सहित अविजित ६८ रन बनाएर टीमलाई जित दिलाए।

शृंखलाको पहिलो खेलमा बंगलादेशले २७ रनको जित निकाल्दा दोस्रो खेलमा यूएई २ विकेटले विजयी भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!