काठमाडौं: मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। मुम्बई पाँच पटकको च्याम्पियन टाेली समेत हाे।
आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो।
यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किङ्स प्ले अफमा पुगिसकेका छन्। हारमा दिल्ली लिग चरणबाट बाहिरिएको छ।
जितको लागि १ सय ८१ रनको चुनौती पछाएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अल आउट भयो। कमजोर सुरुवात गरेको मुम्बईका कप्तान फाप डु प्लेसिस र अभिषेक पोरेल समान ६ रनमा आउट भए।
केएल राहुल पनि ११ रनमा समेटिए। ३ विकेटको नोक्सानीमा दिल्लीले २७ रन मात्र बनायो। प्ले अफ पुग्न जित्नैपने यो खेलमा दिल्लीका ब्याटरले निराशाजनक प्रदर्शन गरे।
समिर रिज्भीले सर्वाधिक ३९ रन बनाए। विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोडे।
बलिङमा मिचेल स्यान्टनरले ४ ओभर बलिङ गर्दै मात्र ११ रन दिएर महत्वपूर्ण ३ विकेट लिए। जसप्रति बुमराहले ३ ओभर २ बलमा १२ रन खर्चेर ३ विकेट नै लिए।
त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले पहिला ब्याटिङ गर्दै सूर्यकुमार यादवको अर्धशतकमा १ सय ८० रन बनाएको छ।
५८ रन जोड्दा ३ विकेट गुमाई सकेको मुम्बईका लागि सूर्यकुमार र तिलक बर्माले उकासेका थिए। उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे।
४३ बल खेलेका सूर्यकुमारले ७ चौका र ६ चौकामा नटआउट सर्वाधिक ७४ रन बनाए । तिलकले २७, ओपनर रायन रिकिल्टनले २५, अर्का ओपनर रोहित शर्माले ५ , कप्तान हार्दिक पाण्डेयले ३ रन जोडे।
नमन धिरले नटआउट २७ रन बनाए । बलिङमा मुकेश कुमारले २ विकेट लिए।
जितमा मुम्बईले १३ खेलबाट १७ अंक बनायो। बाहिरिएको दिल्लीसँग १३ अंक मात्र छ।
