चेन्नईकाे दशाैं हार,राजस्थानसंग ६ विकेटले पराजित

काठमाडौं:  इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले दशाैं हार ब्यहाेरेकाे छ।
गएराति सम्पन्न खेलमा चेन्नईलाई राजस्थान रोयल्सले ६ विकेटले हरायाे।

चेन्नई र राजस्थान लिग चरणबाटै बाहिरिसकेका छन्।

यो जितले राजस्थानले ८ अंक बनाएको छ। चेन्नईसँग ६ अंक रहेको छ। चेन्नई लिगको पुछारमा र राजस्थान नवौं स्थानमा छ।

जितको लागि १ सय ८८ रनको चुनौती राजस्थानले १७.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।

ओपनर यशस्वी जैसवाल १९ बलमा ५ चौका र २ छक्का सहित सम्मान ३६ रनमा आउट भए। दोस्रो विकेटको लागि वैभव सूर्यवंशी र कप्तान सञ्जु सामसनले ९८ रनको साझेदारी गरे।

सञ्जुले ४१ रन जोडे। वैभवले अर्धशतक बनाए । उनले ३३ बल खेल्दै ४ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए।

यसपछि धुर्व जुरेलले अविजित अविजित ३१ र सिम्रोन हेटमेर अविजित १२ रनमा रहँदै टोलीलाई ६ विकेटको जित दिलाए। बलिङमा चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए।

त्यसअघि अरुण जैटली स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोज्यो। चेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पार्यो।

चेन्नईका डेभोन कोनवे १० रनमा र उर्भिल पटेल रनको खाता नखोली आउट भए। यतिखेर चेन्नईले १२ रन मात्र बनाएको थियो। यसपछि आयुष महात्रे र रविचन्द्रनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे।

२० बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै आयुषले ४३ रनको पारी खेले। यसपछि डिवाल्ड ब्रेभिसले २५ बलमा ४२ रन जोडे। उनले २ चौका र ३ छक्का प्रहार गरे।

यस्तै शिवम दुबेले ३९ र महेन्द्र सिंह धोनीले १६ रन बनाए। बलिङमा आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!