विश्वकप लिग २: अभ्यास खेलमा नेपालद्वारा बलियो लक्ष्य,दीपेन्द्र र भीमको शतक

काठमाडौं:आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले दोस्रो खेल खेलिरहेको छ ।

एमसीसी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ४५ ओभरमा ४ विकेटको क्षतिमा ३३५ रन बनायो ।

जसमा दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले शतक हिर्काए ।

दीपेन्द्र ११० र भीम १०४ रनमा रिटायर्ड नटआउट रहे ।

यसअघि पहलिो अभ्यास खेलमा नेपालले न्यू पोर्ट क्रिकेट क्लबलाई ३ विकेटले हराएको थियो ।

नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ भने लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

लिग–२ का लागि नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, र करण केसी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!