नेपाल विश्वकप छनोटमा, युएई ५ विकेटले पराजित

काठमाडौं: नेपाल आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।

सुपर ३ को खेलमा युएईलाई ५ विकेटले हराएर नेपाल छनौट भएको हो ।

नेपालले पहिलोपल्ट ग्लोबल छनोटमा स्थान बनाएको हो।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०,रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान गरिन् ।

यसअघि थाइल्यान्डको बैंककमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन जोड्यो।

युएईका लागि कप्तान तथा ओपनर इशा वजाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडिन्। उनलाई मनिषा उपाध्यायले १३औं ओभरमा क्याच आउट गराएकी थिइन्।

अर्की ओपनर तथा विकेटकिपर तीर्था सतिशले ३२ बलमा २१ बनाइन् भने लाभान्या केनीले १२ रनको योगदान दिइन्। यस्तै हीनाले २० रनको योगदान गरिन्।

बलिङमा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन्। उनले चार ओभरमा २० रन खर्चिइन्। कविता कुँवरले अन्तिम ओभरमा दुई विकेट हात पारिन्। राजमति ऐरीको नाममा एक विकेट रह्यो।

यसअघि नेपालले समूह ‘सी’ को विजेता बनेको सुपर ३ मा पुगेको थियो। सुपर ३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता युएई पुगेका थिए।

अब ग्लोबल छनोटमा १० टोली भिड्नेछन्।

१० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी २० विश्वकपमा छनोट हुनेछन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!