बैतडी: महाकाली नदी किनारबाट बैतडी प्रहरीले भन्सार छली गरि ल्याएकाे अबैध बिडी बरामद गरेकाे छ।
भारतबाट भन्सार छली गरि ल्याएकाे दुई लाख ८२ हजार मूल्य बराबरकाे १० पेटी बिडी बरामद गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
उक्त बिडी प्रहरी चौकी सेरा बैतडीबाट खटिई गएको प्रहरी टोलीले दशरथचन्द न.पा.६ जेवाली महाकाली किनारबाट बेवारिसे अवस्थामा बरामद गरेकाे हाे।
बरामद गरिएको बिँडी आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने तयारी भएको छ ।
भारतसंग सीमा जोडिएको महाकाली किनार क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ।
