भारतले जित्यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि

काठमाडौं: साफ यु–१९ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले उपाधि रक्षा गरेको हो ।

गोल्डेन जुबली स्टेडियममा आइतबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ४–३ ले पराजित गरेको हो। यसअघि भारतले सन् २०२३ मा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।

यु–१९ समूहको प्रतियोगिता तेस्रोपल्ट आयोजना भएको हो।

सन् २०१५ मा भएको पहिलो संस्करणको उपाधि नेपालले घरैमा राखेको थियो।

उमेरसमूहमा भारतको यो छैटौं उपाधि हो।

नेपाल पनि सहभागी रहेको यस प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिएको थियो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!