बैतडी: जेसिस एभरेष्ट इङलिस स्कुल,कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिपको अन्तिम चारमा सुरक्षित भएको छ ।
समूह ए मा रहेको जेसिस लिग चरणकै सबै खेल जितेर अपराजित रहदै अन्तिम चारमा सुरक्षित भएको हो ।
आज सम्पन्न लिग चरणको अन्तिम खेलमा जेसिसले स्टेपिङ स्टोन इङलिस स्कुलमाथि २० रनको जित निकाल्यो ।
जेसिसले दिएको ८६ रनको लष्य पछ्याएको स्टेपिङ १२ दशमलब ४ ओभरमा ६६ रनमा समेटियो ।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिंग गरेको जेसिसले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा ८६ रन बनायो ।
आजै सम्पन्न अन्य खेलहरुमा चैतन्य पाठशाला र धनगढी नमूना स्कुल पनि विजयी भएका छन् ।
यसअघि समूह बी बाट मणिलेक इन्टरनेशनल स्कुल र समूह सी बाट वेस्टर्न क्रिस्टल एकेडेमी अन्तिम चारमा सुरक्षित भइसकेका छन्।
समूह डी बाट सेमिफाइनल पुग्ने टोलीको भोलि टुंगो लाग्नेछ ।
वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयो ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।
