आइपिएल: आरसीबी र कोलकाता भिड्दै,रोमाञ्चक प्लेअफ समीकरण
प्लेअफ पुग्ने चारटोलीको अबको दुई दिनमा टुंगो लाग्ने
काठमाडौं : भारत-पाकिस्तान तनावले स्थगित इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट आजदेखि पुनः सुरु हुँदैछ ।
परिमार्जित तालिकाअनुसार आजको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु आइपिएल आरसीबी र कोलकाता भिड्दै रोमाञ्चक प्लेअफ समीकरण नाइट राइडर्सले खेल्दैछन् ।
खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
अब लिग चरणका १३ खेलमात्र बाँकी छन् ।
तीन टोली प्लेअफ दौडबाट बाहिरिँदा सात टोली शीर्ष चारमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
नयाँ तालिकाले प्रतियोगितालाई अझ रोमाञ्चक बनाएको छ ।
पछिल्ला दुई दिनमा लखनउ, मुम्बई, पञ्जाव र बैंग्लुरुका खेलहरू छन् ।
चारै टोली प्लेअफ दौडमा छन् र पछिल्ला खेलहरूको नतिजाले शीर्ष २ स्थान पनि निर्धारण गर्नेछ ।
११ खेलमा आठ जितबाट १६ अंकसहित गुजरात पहिलो स्थानमा छ । टोलीको दिल्ली, लखनउ र चेन्नईसँग तीन खेल बाँकी छ ।
यीमध्ये एउटा खेल जिते पनि टाइटन्स प्लेअफमा पुग्नेछ ।
यद्यपि, यदि टोली शीर्ष २ मा पुग्न चाहन्छ भने उसले कम्तीमा दुई खेल जित्नुपर्नेछ । तीनवटै खेल जितेर गुजरातले शीर्ष–२ मा आफ्नो स्थान पक्का गर्नेछ ।
बैंग्लुरुको पनि ११ खेलमध्ये आठ जितबाट १६ अंक छ तर गुजरातभन्दा खराब रनरेटका कारण टोली दोस्रो स्थानमा छ ।
आरसिबीलाई प्लेअफमा पुग्न तीनमध्ये केवल एक जित आवश्यक छ ।
उसले कोलकाता, हैदराबाद र लखनउको सामना गर्नुपर्नेछ ।
शीर्ष–२ मा पर्न आरसिबीले बाँकी तीन खेल पनि जित्नुपर्नेछ ।
पञ्जावले ११ खेलमा सात जित र एक बराबरीबाट १५ अंक जोडेको छ ।
टोलीले अब राजस्थान, दिल्ली र मुम्बईको सामना गर्नुपर्नेछ ।
प्लेअफमा स्थान पक्का गर्न पञ्जावलाई तीनमध्ये दुई खेल जित्न आवश्यक छ ।
१७ अंकसहित यदि टोलीले छनोट हुन चाहन्छ भने दिल्लीलाई हराउनुपर्नेछ ।
यदि पञ्जावले क्यापिटल्सलाई पराजित गर्यो भने दिल्ली वा मुम्बईबाट केवल एउटा टोली प्लेअफमा पुग्न सक्षम हुनेछ किनकि दुवैले एकअर्काको सामना गर्नुपर्नेछ ।
शीर्ष २ मा पर्न पञ्जावले तीनवटै खेल जित्नुपर्नेछ र गुजरात वा बैंग्लोरमध्ये एक खेल हारोस् भनेर कामना गर्नुपर्नेछ ।
मुम्बई इण्डियन्सले सुरुवाती पाँच खेलमध्ये एक खेलमात्र जितेको थियो तर टोलीले पछिल्ला सात खेलमध्ये ६ खेल जितेर प्लेअफमा पुग्ने आशा कायम राखेको छ ।
१२ खेलमध्ये सात खेल जितेर एमआई १४ अंकसहित चौथो स्थानमा छ । यदि पाँचपटकको च्याम्पियन टोली प्लेअफमा पुग्न चाहन्छ भने उसले दिल्ली र पञ्जावविरुद्धका बाँकी दुवै खेल जित्नुपर्नेछ । यदि एमआईले एउटा पनि खेल हारेमा प्लेअफमा पुग्ने उसको आशा अन्य टोलीहरूमा सीमित हुनेछ ।
दिल्लीले प्रतियोगिताको सुरुवात लगातार पाँच खेल जितेर गरेको थियो तर टोलीले पछिल्ला ६ खेलमध्ये चार खेलमा हार बेहोरेको थियो । क्यापिटल्स ६ जित र एक बराबरीबाट १३ अंकसहित पाँचौं स्थानमा छ । डिसीले गुजरात, मुम्बई र पञ्जावविरुद्ध तीन खेल खेलेको छ, तीनै शीर्ष चारमा छन् ।
यदि क्यापिटल्स यहाँबाट छनोट हुन चाहन्छ भने उसले तीनै खेल जित्नुपर्नेछ । यदि टोलीले मुम्बई र पञ्जावलाई हरायो भने दुई जितले पनि प्लेअफमा स्थान सुनिश्चित गर्नेछ ।
डिफेन्डिङ च्याम्पियन कोलकाताले १२ खेलमा केवल पाँच जित हासिल गरेको छ, टोलीको एक खेल पनि अनिर्णित रहृयो, यी खेलबाट ११ अंकसहित कोलकाता छैटौं स्थानमा छ । केकेआरले बैंग्लोर र हैदराबादविरुद्ध दुई खेल खेल्नेछ । यदि टोलीले एक खेल पनि हारेमा प्लेअफबाट बाहिरिनेछ ।
दुई खेल जितेर पनि यदि केकेआर प्लेअफमा पुग्न चाहन्छ भने पञ्जाव, मुम्बई र दिल्लीले सबै खेल हारोस् भनेर कामना गर्नुपर्नेछ ।
लखनउले ११ मध्ये पाँच खेलमात्र जितेको छ र १० अंकसहित ७औं स्थानमा छ । एलएसजीको हैदराबाद, गुजरात र बैंग्लुरुबाट तीन खेल छन् । तीनवटै खेल जिते पनि टोलीको १६ अंकमात्र पुग्नेछ । यहाँबाट फेरि छनोट हुनका लागि टोलीले पञ्जाव, मुम्बई र दिल्लीले सबै खेल हारोस् भनेर कामना गर्नुपर्नेछ ।
सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्लेअफ चरणबाट बाहिरिएका छन् । अब तीनै टोलीले शीर्ष सात टोलीको गणित बिगार्न सक्छन् । आरआर र सिएसकेले पनि एकअर्काविरुद्ध खेल खेल्नुपर्नेछ तर यसले कसैलाई पनि हानि वा फाइदा पु¥याउने छैन ।
अर्कोतर्फ यदि तीनै टोलीले शीर्ष सात स्थानमा रहेको एउटा टोलीलाई पनि हराए भने प्लेअफमा पुग्ने उनीहरूको आशा चकनाचुर हुनसक्छ ।
आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ ।
आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ ।
