स्वराड महोत्सव भाेलिदेखि,उद्घाटनमा बिजुलका छलियाकाे विशेष प्रस्तुति

बैतडी:बैतडीको मेलौलीमा भाेलि बिहीबारदेखि बृहत स्वराड बैतडी संस्कृतिक महोत्सव तथा व्यापार मेला सुरू हुने भएको छ ।

पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिको सहयोगमा महोत्सव आयोजना सञ्चालन हुन लागेको हाे।

मेलौली भवगती मन्दीरको प्राङगणमा हुने महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे कार्यक्रम संयाेजक सागर भण्डारी साेराडीले जानकारी दिनुभयाे ।

महाेत्सवकाे भाेलि एक विशेष कार्यक्रमकाबीच उद्घाटन गरिनेछ।
महाेत्सवकाे उद्घाटन पञ्चेश्वर गाउँपालिका अध्यक्ष गाेरखबहादुर चन्दले गर्नुहुने कार्यक्रम छ।

उद्घाटन समाराेहमा बिजुलका छलियाकाे विशेष प्रस्तुति रहनेछ।
स्थानीय उत्पादन कला संस्कृति, संरक्षण र प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन हुन महाेत्सव जेठ १२ गते सम्पन्न हुने पर्यटन विकास मञ्चका अध्यक्ष हरिसप्रसाद जाेशीले बताउनुभयाे ।

महोत्सवमा लोकदोहोरी, हाँस्यब्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्त्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ।

महोत्वसमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लागयतका स्थानीय कलाकाहरुको प्रस्तुती रहने मुख्य प्रायोजक क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसी प्रो. भोजराज जोशी क्वालिटीले बताउनुभयो ।
महाेत्सवकाे मुख्य प्रवर्द्धकमा मेलाैली नगरपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!