बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिपमा समूह ए का खेलहरू आजदेखि सुरू भएका छन्।
फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा स्टेपिङ स्टाेन इङलिस स्कुलले ग्ली एकेडेमीलाई ११ रनले हरायाे।
स्टेपिङले दिएकाे १२२ रनकाे लक्ष्य पछ्याउने क्रममा ग्ली १४.२ ओभरमा ११० रनमा समेटियाे ।
पहिला ब्याटिङ गरेको स्टेपिङले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १२१ रन बनायाे।
यसअघि समूह बी र समूह सी का खेलहरू सम्पन्न भइसकेका छन्।
जसमा समूह बी बाट मणिलेक इन्टरनेशनल स्कुल र समूह सी बाट वेस्टर्न क्रिस्टल एकेडेमी अन्तिम चारमा सुरक्षित भइसकेका हुन्।
वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयाे ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।
