यू-१६ बैतडी छनौटकाे सेमिफाइनल समीकरण पुरा

बैतडी: बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को जिल्लास्तरीय छनौट प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ।

लिग चरणका खेलहरू सकिएसंगै सेमिफाइनल समीकरण पूरा भएकाे हाे।

बैतडी युनाइटेड क्रिकेट एकेडेमी, दशरथचन्द एकेडेमी, पाटन भ्याली क्रिकेट क्लब र निङ्गलाशैनी क्रिकेट क्लब(एनसीसी) सेमिफाइनलमा पुगेका हुन्।

युनाइटेड समूह ए काे विजेता र एकेडेमी उपविजेताका रूपमा सेमिफाइनलमा सुरक्षित भयाे।

यस्तै भ्याली समूह बी काे विजेता र एनसीसी उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गर्याे।

यसैबीच सेमिफाइनलका खेलहरू भाेलि हुने स्कोरर दीपेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।

पहिलाे सेमिफाइनलमा भ्याली र एकेडेमी तथा दाेस्राेमा युनाइटेड र एनसीसी प्रतिस्पर्धा गर्नेछन् ।

उपाधि भिडन्त जेठ २ गते हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा वैशाख २६ गतेदेखि सुरू भएकाे प्रतियोगितामा जिल्लाका ७ टोलीको सहभागिता थियाे।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!