कैलाली यू-१६ च्याम्पियनसिप: कैलाली माेडेल,क्रिसेन्ट र गार्डनर विजयी

बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिपमा आज ३ खेल सम्पन्न भएका छन्।

फाप्ला क्रिकेट मैदानमा भएको पहिलाे खेलमा कैलाली माेडेल स्कुलले काेभिद इन्टरनेशनल स्कुललाई ४१ रनले हरायाे।

माेडेलले दिएकाे १२१ रनकाे लक्ष्य पछ्याएकाे काेभिद ७९ रनमा समेटियाे।

अर्काे खेलमा हाेलिल्याण्ड इङलिस स्कुललाई क्रिसेन्ट सिटी स्कुलले ४ विकेटले पराजित गर्याे।

हाेलिल्यान्डले दिएकाे ८८ रनकाे लक्ष्य क्रिसेन्टले ६ विकेटको क्षतिमा भेट्टायाे।

अन्तिम तथा तेस्रो खेलमा द गार्डनर स्कुलले काेभिद इन्टरनेशनल स्कुलमाथि १५ रनकाे जित निकाल्याे।

गार्डनरले दिएकाे ७४ रनकाे लक्ष्य पछ्याएकाे काेभिद ५८ रनमा राेकियाे।

वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयाे ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।

यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!