मेलाैलीमा बृहत स्वराड महोत्सव हुँदै,जेठ १ गते उद्घाटन

बैतडी: बैतडीको मेलौलीमा जेठ १ गतेदेखी बृहत स्वराड सांस्कृतिक महोत्सव तथा व्यापार मेला हुने भएको छ ।

पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिको सहयोगमा महोत्सव आयोजना हुने लागेको कार्यक्रम संयाेजक सागर भण्डारी साेराडीले जानकारी दिनुभयाे ।

महाेत्सवकाे तयारी अन्तिम चरणमा पुगेकाे उहाँले बताउनुभयो।

स्थानीय उत्पादन कला संस्कृति, संरक्षण र प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ मेलौली भवगती मन्दीरको प्राङगणमा अगामी जेठ १ गतेदेखी १२ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवमा लोकदोहोरी, हाँस्यब्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्त्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ।

महोत्वसमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लागयतका स्थानीय कलाकाहरुको प्रस्तुती रहने मुख्य प्रायोजक क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसी प्रो. भोजराज जोशी क्वालिटीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!