काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएको छ।
पाकिस्तान आक्रमणको बीचमा धर्मशाला भएको खेल रद्द गरिएको हो। मैदानका सबै फ्लडलाइटहरू निभाइसकेको छ। मैदानबाट बाहिर निस्कँदा समर्थकहरूले पाकिस्तान मुर्दाबादको नारा लगाएका थिए।
खेल रद्द हुँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो।
प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित रहे। प्रियांश आर्य ७० रन बनाएर आउट भए ।
उनी टी नटराजनको बलिङमा माधव तिवारीको हातबाट क्याच आउट भए।
यता आइपिएलका अधिकारीले भने अन्तर्राष्ट्रिय मिडियालाई पाकिस्तानले जम्मु क्षेत्रमा गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन् ।
खेल रद्द भएसँगै तेस्रो स्थानमा रहेको पन्जाबको ११ खेलमा १५ अंक छ । दिल्ली ११ खेलमा १३ अंक जोडेर पाँचौ स्थानमा छ ।
यस्तै मे ११ मा धर्मशालामा हुने पन्जाब र मुम्बईबीचकाे खेल पनि सुरक्षा कारण देखाउदै अहमाबाद सारिएको छ।
