चेन्नईसंग हार्याे काेलकाता,प्लेअफकाे सम्भावना मुस्किल

काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले कोलकोता नाइट राइडर्सलाई २ विकेटले हराएको छ ।

याे हारले काेलकाताकाे प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएकाे छ।
तेस्रो जित निकालेको चेन्नई यसअघि नै प्लेअफ रेसबाट बाहिरिसकेकाे छ।

जितको लागि पाएकाे १ सय ८० रनको चुनौती चेन्नईले १९.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे।

कप्तान महेन्द्रसिंह धोनी १७ रन बनाएर अविजित रहे।

डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाए। उर्विल पटेलले ११ बलमा ३१ रन बनाए।

काेलकाताका वैभव अरोराले तीन विकेट लिए। हर्षित राना र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । कप्तान अजिन्क्या रहानेले सर्वाधिक ४८ रन जोडे । ३३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आन्द्रे रसलले ३८ रन जोड्दा मनिष पाण्डे अविजित ३६ रनमा रहे‌ । सुनिल नराइनले २६ रन बनाए । बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

कोलकाता ११ अंक सहित लिग तालिकाको छैटौं स्थानमा र चेन्नई ६ अंक सहित लिगको पुछारमा रहेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!