काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीचको खेल वर्षाको कारण रद्द भएको छ।
हैदराबादले लाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौती पाएको थियो। वर्षाको कारण हैदराबादले इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक-एक अंक बाँडेका छन्।
यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो।
अत्यन्त खराब सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेको समाप्तिमा २६ रन मात्र जोड्दा ४ विकेट गुमाइसकेको थियो।
हैदराबादका बलर प्याट कमयुमिन्सले सानदार सुरुवात दिलाए। उनले पहिलो तीन क्रमका ब्याटर करूण नायरलाई शुन्यमा , फाप डु प्लेसिसलाई ३ रनमा र अभिषेक पोरेललाई ८ रनमा आउट गरे।
लगत्तै कप्तान अक्षर पटेल ६ रनमा र के एल राहुल पनि १० रनमा पबिलियन फर्किए। मात्र २९ रन जोड्दा दिल्लीले २९ रन मात्र बनायो। यसपछि विपराज निगम पनि १८ रन जोडेर रन आउट भए।
त्यसपछि ट्रिस्टान स्टब्सले अविजित ४१ र आठौं क्रमका आशुतोष शर्माले ४१ रन बनाएपछि दिल्ली अत्यन्त कम योगफलमा समेटिनबाट जोगियो।
क्युमिन्सले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए।
दिल्ली ११ अंक सहित लिग तालिकाको पाँचौं स्थानमा छ। ७ अंक जोडेको हैदराबाद आठौं स्थानमा उक्लिएको छ।
याेसंगै हैदराबाद प्लेअफ रेसबाट औपचारिक रूपमा बाहिरिदा दिल्लीलाई भने प्लेअफमा पुग्न राहत भएकाे छ।
