क्रिकेटको विश्व वरीयता: भारत पहिलाे र नेपाल १८औं स्थानमा

काठमाडाैं: क्रिकेटको विश्ववरीयतामा भारत पहिलाे स्थानमा पुगेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक गरेको हाे।

सार्वजनिक वार्षिक वरीयताअनुसार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत शीर्ष स्थानमा छ ।
भारतले यही वर्ष च्याम्पियन्स ट्रफी र गएको वर्ष टी–२० विश्वकप जितेको थियो । टेस्ट वरीयतामा भने भारत चौथो स्थानमा छ ।

एकदिवसीय वरीयताको दोस्रो स्थानमा न्युजिल्यान्ड र तेस्रो स्थानमा अस्ट्रेलिया छ ।

यस्तै टी–२० वरीयताको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा इङ्गल्यान्ड छ । यसैगरी टेस्ट वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा इङ्गल्यान्ड र तेस्रो स्थानमा दक्षिण अफ्रिका छ ।

यस्तै नेपाल एकदिवसीय र टी–२० वरीयतामा १८औं स्थानमा यथावत् छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!