बैतडी: लोक तथा देउडा गायक महेश कुमार औजीको नयाँ गित पदमका फूल सार्वजनीक भएको छ। गायक औजीको आफ्नै अफिसीयल युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको हो।
गायक औजी र महेन्द्र राम पार्कीको आवाज रहेको गितमा ग्रुप भोक्कल बिमला कडेल, लक्ष्मी राना, रुपा तामाङ, योगेश पुन र रामबाबु परीयारको रहेको छ। गितमा गायक औजीसगैँ पार्की र कैलाश पाण्डेयको लय रहेको जनाईएको छ।
हेमन्त शिशीरले एरेन्ज गरेको गितलाई देवताल दर्शन स्टुडीयोमा रेकर्ड गरीएको गायक औजीले बताएका छन। अभिशेक खड्का र दुर्गा भट्टको शुन्दर अभिनय रहेको गितमा माया पिरती र यथार्थ जीवनको कुरा समेटिएको छ।
सुदूरपश्चिमा बेग्लै पहिचान बनाएका गायक औजीले नयाँ तरीकाले गित प्रस्तुत गरेका हुन्। गत बिगतका गित जस्तै माया गरीदिन र आवश्यक सल्लाह सुझाव दिन गायक औजीले आग्रह गर्नुभएको छ।
औजी अढाई दशकदेखि गायन क्षेत्रमा रहनुभएकाे छ।

