कोर क्याम्प:सन्दीप र रोहितको टिम विजयी,युवराजद्वारा उत्कृष्ट बलिङ

काठमाडौं: नेपाल क्रिकेट संघले आयोजना गरेको दि कोर क्याम्प अन्र्तगत अभ्यास खेलमा सन्दीप लामिछाने नेतृत्वको रातो र रोहित पौडेलको निलो टिम विजयी भएका छन् ।

आज सम्पन्न खेलमा नेपाल नीलोले आशिफ शेखको हरियो नेपाललाई ६४ रनले हराएको छ भने नेपाल रातोले दीपेन्द्रसिंह ऐरीको पंहेलोलाइ ८ विकेटले पराजित गरेको छ ।

जितको लागि २ सय २३ रनको लक्ष्य पछाएको नेपाल हरियो ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो।

ओपनर अर्जुन कुमाल १४ रनमा र इशान पाण्डे बिना कुनै रन आउट भए।

२ विकेटको नोक्सानीमा टिमले ३६ रन मात्र बनायो। यसपछि आशिफ शेख र आकाश त्रिपाठीले तेस्रो विकेटको लागि ५५ रनकि साझेदारी गरे।

आशिफ ५६ रन जोडेर आउट भएपछि अन्य खेलाडी क्रिजमा जम्न सकेनन्। आकाशले ३७ रन र सोमपाल कामी अविजित २४ रनना रहे।

चार खेलाडी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन्।

बलिङमा युवा बलर युवराज खत्रीले ९ ओभरमा २८ रन दिएर ४ विकेट लिए। कुशल मल्लले २ विकेट आफ्नो नाममा लेखाए।

यसअघि तल्लो मुलपानी मैदानमा नेपाल नीलोले टस जित्दै पहिले ब्याटिङ गर्यो।

निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २९ रनको योगफल खडा गर्यो।

ओपनर अनिल कुमार शाह र सकिब हकले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरे।
अनिल ३१ रनमा आउट भए। लगतै सकिब १९ रनमा, कप्तान रोहित पौडेल मात्र ६ रनमा, प्रज्वल थापा ३ रनमा र कुशल मल्ल पनि १ रनमा आउट हुन पुगे।

१ सय २० रन बनाउँदा नेपाल नीलोले ५ विकेट गुमायो।

तेस्रो क्रमका देव खनाल र सातौं क्रमका गुल्सन झाले छैटौं विकेटको लागि ५३ रनको साझेदारी गरे।

८३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै देवले टिमको लागि सर्वाधिक ७७ रनको इनिङ्स खेले।

गुल्सनले ४२ रन जोड्दा करण केसीले २४ रन जोडे।

बलिङमा सागर ढकालले ९ ओभर बलिङ गर्दै २७ रन मात्र दिएर ३ विकेट लिए। रसिद खानले २ विकेट झारे।

यस्तै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेडले लगातार दोस्रो जित निकालेको छ।

मंगलबार सम्पन्न खेलमा नेपाल रेडले नेपाल यल्लोलाई आठ विकेटले पराजित गरेको हो। यल्लोको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए।

यसअघि रेडले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल ब्ल्युलाई १९९ रनले पराजित गरेको थियो। यल्लोले भने आसिफ शेखको कप्तानीमा रहेको नेपाल ग्रिनलाई १७ रनले हराएको थियो।

यल्लोले दिएको १५९ रनको लक्ष्य पछ्याएको रेडले २९.४ ओभरमा दुई विकेट गुमाउँदै १६२ रन बनायो।

रेडका अर्जुन साउदले सर्वाधिक ८६ रन बनाए। अविजित रहेका उनले ९६ बलमा १२ चौका र एक छक्का प्रहार गरे। शुभ कंशाकार ३० र त्रितराज दास २९ रनमा आउट हुँदा बसिर नौ रनमा अविजित रहे।

यल्लोका अभिनाष बोहरा र अजय चौहानले समान एक विकेट लिए।

नयाँ प्रशिक्षक आएपछि क्यानले अघिल्लो म्याचको टिम छनोटका लागि आफ्नै टिमका बीचमा प्रतिस्पर्धा गराएका थिए ।

कोर क्याम्पबाट विश्वकप लिग टू खेल्ने नेपाली टोली छनौट हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!