१४ वर्षीय वैभवको कीर्तिमानी शतक, राजस्थानले गुजरातलाई हरायाे

काठमाडौं: राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्समाथि शानदार जित दर्ता गरेकाे छ ।
१४ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानी शतकमा राजस्थानले गुजरातमाथि ८ विकेटकाे जित दर्ता गर्या।

गुजरातले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य राजस्थानले १६ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

ओपनर वैभवले मात्र ३५ बलमा शतक पूरा गरेपछि राजस्थानको जित सहज भएको थियो । उनले १२ औं ओभरमा आउट हुनुअघि १ सय १ रन जोडे ।

३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्का प्रहार गरे । उनी आइपिएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने ।
प्लेयर अफ द म्याच समेत भएका उनी सबैभन्दा छिटो शतक बनाउने खेलाडी पनि बनेका छन् ।
यसअघि क्रिस गेलकाे नाममा ३० बलमा शतक हिर्काएकाे रेकर्ड छ।

अर्का ओपनर यशस्वी जैसवालले नटआउट ७० रन बनाए । उनले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरे । वैभव र जैसवालले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए । नितिश रानाले ४ रन जोड्दा कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । प्रसिद्ध कृष्णा र राशिद खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल खडा गर्यो । ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए ।

जाेस बटलर २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा नटआउट रहे ।

राजस्थानका महिश थिक्सानाले २ विकेट तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए ।

यस जितसँगै राजस्थान १० खेलमा ६ अंकसहित आठौं स्थानमा छ । याे जितले प्लेअफकाे झिनाे आस राखेकाे छ।

गुजरात भने ९ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा झरेकाे छ ।

Oplus_131072

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!