मुम्बई छैठौं जितका साथ दोस्रो स्थानमा,प्लेअफको बलियो सम्भावना

काठमाडौं: मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग आइपिएलमा छैठौं जित दर्ता गरेको छ ।

छैठौं जित दर्ता गर्ने क्रममा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हरायो ।

मुम्बईको यो लगातार पाचौं जितसमेत हो ।

जितसंगै मुम्बई १० खेलबाट १२ अंकका साथै दोस्रो स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानमा उक्लिएसंगै मुम्बईको प्लेअफको सम्भावना पनि बलियो बनेको छ ।

२ सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो।

लखनउका लागि आयुष बोधानीले सर्वाधिक ३५ रन जोडे। मुम्बईका जस्प्रित बुमराहले ४ र ट्रेन्ट बोल्टले ३ विकेट लिए।

यसअघि लेखनउले टस जितेर फिल्डिङ रोजेको थियो। ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बईले ७ विकेटको नोक्सानीमा २ सय १५ रन बनायो । ओपनर रोहित शर्मा १२ रन बनाएर आउट भए ‌। अर्का ओपनर रायनले टोलीका लागि सर्वाधिक ५८ र सूर्य कुमारले ५४ रनको योगदान दिए।

लखनउका मयंक यादव र आभेष खानले समान २ तथा प्रिन्स यादव, दिगवेश राठ्ठी र रवि विष्नोईले समान १ विकेट लिए।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!