काठमाडौं:धनगढी एफसीलाई १-० ले हराउँदै पोखरा थन्डर्स एनएसएलकाे फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
दशरथ रंगशालामा भएकाे खेलमा पाेखराका लागि स्टेफन समिर बिनोङले निर्णायक गाेल गरे।
उनले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो।
पाेखराले अब उपाधिको लागि ललितपुर सिटी एफसीको सामना गर्नेछ ।
लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले अफबाट नै बाहिरिन बाध्य भयो।
धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी २-१ ले पराजित भएको थियो ।
तेस्रो संस्करणमा पहिलो पटक धनगढी क्वालिफायरमा हारेको हो ।
लिग चरणमा भने ३ जित २ बराबरी र १ हार सहित ११ अंक सहित धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो ।
पोखरा थन्डर्सले भने इलिमिनेटरमा एफसी चितवनलाई ३-० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो । लिग देस चरणमा सुरूवाती दुई खेल हारेपछि पोखरा अपराजित रहेको छ ।
ललितपुर र पाेखराबीच शनिबार दशरथ रंगशालामा फाइनल खेल हुनेछ ।
