लखनऊले राजस्थानलाई २ रनले हरायाे 

काठमाडौं: लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित हात पारेको छ।

शनिबर सम्पन खेलमा लखनऊले राजस्थान रोयल्सलाई दुई रनले पराजित गरेको हो। जितसँगै चौथो स्थानमा उक्लिएको लखनऊले आठ खेलबाट १० अंक पुर्‍याएको छ। राजस्थानको भने समान खेलबाट ६ अंक छ।

लखनऊले दिएको १८१ रनको लक्ष्य पछ्याएको राजस्थानले पाँच विकेट गुमाएर १७८ रन मात्रै बनाउन सक्यो। राजस्थानका ओपनर यशवी जैसवालले सर्वाधिक ७४ रन बनाए।

५२ बल खेलेका उनले पाँच चौका र चार छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि १४ वर्षीय बैभव सूर्यवंशीसँग ८४ रनको साझेदारी गरे।

बैभव ३४ रनमा आउट भए। कप्तान रियान पराग ३९ र सिमरोन हेटमायर १२ रनमा आउट भए।  लखनऊका अभेष खानले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए।

त्यसअघि पहिला ब्याटिङ थालेको लखनऊले पाँच विकेट गुमाएर १८० रन बनाएको थियो। लखनऊका एडम माक्ररामले सर्वाधिक ६६ रन बनाए। ४५ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। 

आयुष बडोनी ५० रनमा आउट हुँदा अब्दुल समाद ३० रनमा अविजित रहे। राजस्थानका वानिदु हसरंगाले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!