धनगढीलाई पराजित गर्दै चितवन प्लेअफमा,काठमाडौं बाहिरियाे

काठमाडौं:नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले धनगढी एफसीलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाई ३–१ ले हराउँदै प्लेअफमा प्रवेश गरेको हो । जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा रहेको छ ।

पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै आठ अङ्क रहेको काठमाण्डौ रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाण्डौ बाहिरिएको हो ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो सेमिफाइनलमा भोलि ललितपुर सिटी एफसी र धनगढी खेल्नेछन् । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!