यू-१९ विश्वकप छनोट: नेपालले युएईलाई हरायाे

काठमाडौं: कप्तान नरेश भट्टको सानदार अर्धशतकमा आइसिसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरूआत गरेकाे छ।
आज सम्पन्न खेलमा नेपालले युएईलाई ५ रनले हरायाे।

जितका लागि २०१ रनकाे लक्ष्य पछ्याएकाे युएईले ३६ ओभरमा ७ विकेटको क्षतिमा १७१ रन जाेडेकाे अवस्थामा खराब प्रकाशका कारण डीएलएलमा नेपालले जितेकाे हाे।

यसअघि तल्लाे मुलपानी मैदानमा टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ।

मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ चौकासहित टोलीका लागि ६७ रनको महत्वपूर्ण योगदान गरे।

दिलशाद अलीले ४० बलमा‌ १छक्कासहित‌ ३४ रन जोडे। साहिल पटेल ३२, निरजकुमार यादव १८, सन्तोष यादव ११ रन‌ बनाए ।

युएईका उदिश सुरी ३, सालोम डिसुजा र युग शर्माले समान २ विकेट लिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!