काठमाडौं: हङकङमा जारी चारदेशीय टी २० सिरिजको उपाधिका लागि नेपाल र कुवेत भिड्दैछन्।
हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकटको क्षतिमा १७४ रन बनायो ।
हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो।
लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।
शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको थियो।
