बैतडीमा भाेलिदेखि आईपिभी खोप अभियान सञ्चालन हुने

बैतडी: बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियो रोग विरुद्धको आई पि.भी खोप दिइने भएकाे छ। जेठ १६ गते भाेलिदेखि अभियानकै रूपमा सञ्चालन हुने भएकाे हाे।
जिल्लाका ४६० खाेप केन्द्रबाट अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ भट्टले जानकारी दिनुभयो । यहाँका १२ हजार ८३५ बालबालिकालाई आई पि.भी खोप दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

जिल्लाभित्र २०७३ वैशाख देखी ०७५ असाेज सम्म जन्मेका बालवालिकालाई उक्त खोप दिईने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरीष भट्टले जानकारी दिनुभयो ।

देशव्यापी रूपमा संचालन हुने खाेप अभियान बैतडीमा भाेली जेठ १६ गते देखि २३ गते सम्म संचालन हुने भएको छ । नेपालमा यो खोप सेवा २०७१ सालदेखि संचालन गरिएपनि २०७३ जेठदेखि ०७५ भदाैसम्म आई पि.भी खोप अभाव भएको थियो ।

खोप अभाव भएको अवधिमा छुटेका वालवालिकाहरुलाई पोलियो रोगकाे जोखिम हुने हुँदा यो खोप लागाउन अभियान संचालन गर्नु परेको हो ।

नजिकको खोप केन्द्रमा गएर आफ्ना बालवालिकाहरुलाई पोलियो रोग विरुद्धको आई पि.भी खोप लगाउन अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!