टि२० सिरिज: नेपाललाई कुवेतकाे १ सय ८६ रनको चुनाैती

काठमाडौं: हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ ।

टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले २६, क्लिन्टो एन्टोले ४१ रन जोडे ।

नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १-१ विकेट लिए ।

सिरिजको पहिलो दिन नेपालले १ सय ५२ रनको लक्ष्य पछ्याउँदै कतारलाई ८ विकेटले पराजित गरेको थियो ।

कुवेतले हङकङविरुद्ध ४ विकेटको जित निकाल्ने क्रममा १ सय ७६ रनको लक्ष्य पछ्याएको थियो । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!