हैदराबादकाे चाैथाे हार, गुजरातको ह्याट्रिक जित

काठमाडौं;इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको छ।
पाहुना टोलीलाई सात विकेटले पराजित गर्दै गुजरातले यो सिजनको लगातार तेस्रो जित दर्ता गरेको हो ।

आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएको थियो । जवाफमा गुजरातले १६.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

हैदरावादको यो सिजनको चौथो हार हो । यसअघि केकेआर (८० रन), दिल्ली क्यापिटल्स (सात विकेट) र लखनउ सुपर जाइन्ट्स (पाँच विकेट) सँग पराजित भएको थियो।

लगातार तेस्रो जितसँगै शुभमन गिलको कप्तानीमा रहेको टोली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसको खातामा ६ अंक छ र नेट रन रेटमा पनि सुधार आएको छ । योसँगै प्याट कमिन्सको नेतृत्वमा रहेको हैदरवाद १० औं स्थानमा छ ।

लक्ष्य पछ्याउने क्रममा गुजरातको सुरुआत खराब रह्यो । मोहम्मद शामीले तेस्रो ओभरमा साई सुदर्शनलाई आफ्नो शिकार बनाए। उनले नौ बलमा पाँच रन मात्रै बनाउन सके । त्यसपछि प्याट कमिन्सले जोस बटलरलाई क्लासेनको हातमा कैच गराए । उनले खाता पनि खोल्न सकेनन् ।

१६ रनको स्कोरमा दुई विकेट गुमाएको गुजरातलाई ठूलो साझेदारीको आवश्यकता थियो। उनको यो आवश्यकता चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान गिल र वाशिङ्टन सुन्दरले पूरा गरेका थिए ।

यी दुईबीचको सबैभन्दा ठूलो साझेदारी ९० रनको थियो । आफ्नो डेब्यु खेलमा सुन्दरले २९ बलमा ४९ रनको बलियो इनिङ खेले । तर, उनले आफ्नो अर्धशतक पूरा गर्न सकेनन् ।
शुभमन गिल र शेरफान रदरफोर्डले क्रमशः ६१ र ३५ रन बनाएर अविजित रहे । हैदरावादका लागि मोहम्मद सामीले २ तथा प्याट कमिन्सले एक विकेट लिए ।

डेथ ओभरमा प्याट कमिन्सको तूफानी इनिङ्सको मद्दतले सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई १ सय ५३ रनको लक्ष्य दिएको थियो।
यो खेलमा हैदरावादको सुरुवात खराब रह्यो । ट्राभिस हेड (८) र अभिषेक शर्मा (१८) को ओपनिङ जोडी मोहम्मद सिराजले प्याभिलियन पठाए। यसपछि प्रसिद्ध कृष्णले इशान किशनलाई आउट गरेका थिए । उनले १७ रन मात्रै बनाउन सके ।
हैदराबादका लागि नितिश रेड्डीले ३१, हेनरिक क्लासेनले २७, अनिकेत वर्माले १८ र कामिन्दु मेन्डिसले एक रन बनाए । प्याट कमिन्स र मोहम्मद सामीले क्रमशः २२ र ६ रन बनाएर अविजित रहे ।

गुजरातका लागि मोहम्मद सिराजले ४ विकेट लिए भने प्रसिद्ध कृष्ण र साई किशोरले २-२ विकेट लिए 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!