मुम्बईकाे पहिलाे जित,कोलकाता ८ विकेटले पराजित

काठमाडौं: कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।

सोमबार सम्पन्न खेलमा मुम्बई आठ विकेटले विजयी भएको हो।
जितका लागि पाएकाे ११७ रनकाे लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे।
मुम्बईका लागि रयान रिकेलटनले अविजित ६२ रन बनाए भने सूर्यकुमार यादवले २७ रन बनाए ।
काेलकाताका आन्द्रे रशलले २ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको हो। 

कोलकातालाई सस्तैमा रोक्न २३ वर्षीय पेसर अश्विन कुमारले घातक बलिङ गरे। तीन ओभर बलिङ गरेका उनले २४ रन खर्चिँदै सर्वाधिक चार विकेट लिए।

मुम्बईका अंगकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए। १६ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे।

रामनदीप सिंहले १२ बलमा एक चौका र दुई छक्कासहित २२ रन बनाए। मनीष पाण्ड्या १९, रिन्कु सिंह १७ र कप्तान अजिंक्य रहाणे ११ रनमा आउट भए। अन्यको ब्याटिङ भने चल्न सकेन।

मुम्बईबाट अश्विनबाहेक दीपक चाहरले दुई विकेट लिए। ट्रेन्ड बोल्ड, हार्दिक पाण्ड्या, विग्नेश पुथुर र मिचेल सान्टनेरको नाममा समान एक विकेट रह्यो।

यो यस सिजनमा तेस्रो खेलमा मुम्बईको पहिलो जित हो । त्यस्तै कोलकोताले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!