पीएम कप: पुलिस च्याम्पियन,ललित सर्वाेत्कृट र बेस्ट बलर

काठमाडौं:प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो ।

पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दीलिप नाथले नटआउट ३१ रन बनाए । आर्मीका लागि शाहब आलामले तीन र नरेन साउदले एक विकेट लिए ।

त्यसअघि रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पुलिस ४३ ओभरमा एक सय ५४ रनमा अलआउट भयो । आर्मीका लागि बसिर अहमदले नटआउट ८६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । पुलिसका करन केसी र सागर ढकालले समान तीन विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी र गुल्शनकुमार झाले समान एक विकेट लिए ।

आजको जीतसँगै प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले तीन पटक र आर्मीले एकपटक उपाधि जितेको छ ।

यसैबीच नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले एकैदिन दुईवटा मोटरसाइकल पाएका छन्।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा भिन्न दुई विधामा उत्कृष्ट हुँदै दुईवटा मोटरसाइकल पाएका हुन्। 

उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका भएका हुन्।

उनी प्रधानमन्त्री कपमा यस संस्करण सर्वाधिक विकेटकर्ता हुन्। उनले १० इनिङ्समा ८४.४ ओभर बलिङ गर्दै २३२ रन खर्चिएर ४१ विकेट लिएका थिए।

यस्तै अर्जुन कुमाल प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भएका छन्। 

गण्डकी प्रदेशबाट खेलिरहेका १९ वर्षीय कुमालले सर्वाधिक ३७४ रन बनाएका  हुन्। उनले मधेश प्रदेशविरुद्ध शतक र लुम्बिनी प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका थिए। 

नौ इनिङ्स खेलेका उनले ४१.५५ को औषत र ६८.३७ को स्ट्राइक रेटमा ३७४ रन बनाएका हुन्। उनले ४२ चौका र दुई छक्का प्रहार गरे। उनले एक थान मोटरसाइकल प्राप्त गरे।
यसका साथै
त्रितराज दास प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उदीयमान खेलाडी घोषित भएका छन्।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपनर २२ वर्षीय दासले १० इनिङ्समा ३६५ रन बनाएका थिए। उनले यो संस्करण नै प्रधानमन्त्री कपमा डेब्यु गरेका हुन्।

उनले प्रतियोगितामा एक शतक र एक अर्धशतक प्रहार गरे। उनले ५० हजार रुपैयाँ प्राप्त गरे। उनी यो प्रतियोगिताका सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।
गएको फागुन २५ देखि शुरु भएको प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलोपटक काठमाण्डौ उपत्यकाबाहिर लुम्बिनी प्रदेशमा आयोजना भएको हो ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोली वटा सहभागी थिए । रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, रुपन्देहीकै एक्स्ट्राटेक ओभल र दाङको देउखुरीमा खेल भएका हुन् । फाइनलअघि ४५ वटा खेल भएका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!