काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलाकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।
जितका लागि पाएकाे १५२ रनकाे लक्ष्य काेलकाताले सजिलै पूरा गर्याे ।
जसमा क्वीन्टन डी ककले ९७ रनकाे अविजित पारी खेले।
यसअघि गुवाहाटीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायाे ।
राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३, यशस्वी जैसवालले २९ र कप्तान रियान परागले २५ रन बनाए ।
कोलकाताका मोइन अलीसहित चार बलरले दुई–दुई विकेट लिए ।
