आइपीएल: कीर्तिमानी स्काेरमा हैदराबादले राजस्थानलाई हरायाे

काठमाडौं: इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।
हैदराबादले ईशान किशन र ट्राभिस हेडको विस्फोटक ब्याटिङको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको विशाल स्कोर खडा गरेको थियो ।
जुन आईपीएल इतिहासकै दोस्रो सर्वाधिक टोटल हो । जवाफी ब्याटिङमा राजस्थानका कप्तान सन्जु सामसन र ध्रुव जुरेलले उत्कृष्ट साझेदारी गरेता पनि टोलीलाई जित दिलाउन सकेनन् । निर्धारित २० ओभरमा राजस्थानले ६ विकेटको क्षतिमा २४२ रन मात्र बनाउन सक्यो ।  

विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थानको सुरुवात खराब रह्यो । टिमले ५० रनमै ३ विकेट गुमाएको थियो । त्यसपछि इम्प्याक्ट प्लेयरका रूपमा आएका सन्जु सामसन र ध्रुव जुरेलले चौथो विकेटका लागि १११ रनको साझेदारी गरे ।
जब यी दुई ब्याटिङ गरिरहेका थिए, राजस्थान आईपीएल इतिहासकै सबैभन्दा ठूलो रन चेज गर्न सक्ने सम्भावना देखिएको थियो । तर, हर्षल पटेलले सन्जु सामसनलाई आउट गरेपछि यो साझेदारी टुट्यो । केही समयपछि जुरेल पनि आउट भए । त्यसपछि राजस्थानको जितको सम्भावना कमजोर बन्यो । अन्त्यमा शिमरन हेटमायर र शुभम दुबेले केही आक्रामक ब्याटिङ गरे, तर टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । 
ध्रुव जुरेलले ३५ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७० रन  बनाउँदा सन्जु सामसनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन  बनाए । यसैगरी शिमरन हेटमायरले २३ बलमा १ चौका र ४ छक्का सहित ४२ रन जोड्दा  शुभम दुबेले ११ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन (नटआउट) बनाए । सनराइजर्स हैदराबादका लागि सिमरनजीत सिंह र हर्षल पटेलले उत्कृष्ट बलिङ गर्दै २–२ विकेट लिए भने, मोहम्मद शमी र एडम जाम्पाले १–१ विकेट झारे । 
यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ थालेको हैदराबादले ६ विकेट गुमाएर २८६ रन बनायाे ।
यो आईपीएल इतिहासकै दोस्रो उच्च योगफल हो । आईपीएलमा सर्वाधिक स्कोरको रेकर्ड पनि हैदराबादको नाममा छ ।
गत सिजनमा हैदराबादले आरसीबीविरुद्ध तीन विकेटको क्षतिमा २८७ रन बनाएको थियो, जुन प्रतियोगिताको उच्चतम योगफल हो । आज खेलमा हैदराबादले थप दुई रन जोडेको भए आफ्नै रेकर्ड तोड्न सफल हुने थियो ।

हैदराबादका इशान किशनले १०६ रनको शतकीय पारी खेले । ट्राभिस हेडले ३१ बलमा ६७ रन बनाए ।

हेनरिक क्लासेनले ३४, नितिश कुमार रेड्डीले ३० र ओपनर अभिषेक शर्माले २४ रन जोडे ।

राजस्थानका तुषार देशपाण्डेले ३ विकेट लिए । महिश थेक्सनाले २ विकेट र सन्दीप शर्माले १ विकेट लिए ।

चर्चित बलर जाेफ्रा आर्चरले आफ्नै नाममा खराब कीर्तिमान बनाए। आर्चर आइपीएल इतिहासकै महंगो सावित भए। उनले ४ ओभरमा एक विकेट पनि हात पार्न सकेनन् भने ७६ रन खर्चिए।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!