बैतडी:नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले कपडा बैंकलाई सहयाेग गर्नुभएकाे छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष समेत रहनुभएका सभापति चन्दले
बैतडीको दशरथचन्द नगरपालिका ५ बस्काेट घर भएका सभापति चन्दले शाहिलेकमा सञ्चालित कपडा बैंकलाई सहयाेग गर्नुभएकाे हाे।
कपडा बैंकलाई काेसेली स्वरूप ९५ थान लुगा प्रदान गर्नुभएकाे कपडा बैंक शाहिलेकका महेशदत्त भट्टले जानकारी दिनुभयाे।
सभापति चन्द सहयाेग गरेकाेमा कपडा बैंकले उहाँलाई धन्यवाद ज्ञापन समेत गरेकाे छ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चन्द विभिन्न सामाजिक क्षेत्रमा सहयाेग गर्दै आउनुभएकाे छ।
