साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

काठमाडौ: दक्षिण एशियाली फुटबल महासङ्घ साफ यू–१९ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ।

भारतको अरुणाचल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ।

आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ। उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ। सोही दिन भूटान र बङ्गलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ।

विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलङ्का छन्।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल मे १३ तारिखमा घरेलु टोली भारतको सामना गर्नेछ। १३ तारिखमै हुने अर्को खेल माल्दिभ्स र भूटानबीच हुनेछ।

उक्त प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बङ्गलादेश, माल्दिभ्स र भूटान छन्।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गतका बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!