बैतडी: बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा
पुर्चाैडी नगरपालिका विजयी भएकाे छ।
राेमाञ्चक खेलमा पञ्चेश्वर गाउँपालिकालाई ३-२ काे सेटमा हराउँदै पुर्चाैडी विजयी भएकाे हाे ।
शाहिलेकस्थित विरेन्द्र माविकाे खेलमैदानमा भएकाे खेलमा सुरूमा दुई सेट पञ्चेश्वरले आफ्नाे पक्षमा पारेकाे थियाे। त्यसपश्चात बाँकी तीन सेट पुर्चाैडीले जित्याे।
पहिलाे सेट पञ्चेश्वरले २९-२७,दाेस्राे सेटमा २५-२१ ले जित हासिल गर्याे ।
त्यसपछि पुर्चाैडीले तेस्रो सेट २५-१९,चाैथाे २५-२१ र निर्णायक तथा अन्तिम सेट १७-१५ काे अंकले हात पार्दै खेलमा जित निकाल्याे।
याे जितले पुर्चाैडी अघिल्लो चरणमा प्रवेश गरेकाे छ भने लगातार दाेस्राे हार ब्यहाेरेकाे पञ्चेश्वर लिग चरणबाटै बाहिरियाे।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
