बैतडी:बैतडीको देहिमाडौंमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा महिलातर्फ मेलौली र शिबनाथ फाईनलमा प्रबेश गरेका छन। आईतबार भएको खेलमा शिबनाथले पुर्चौडीलाई र मेलौलीले दशरथचन्द “ए” लाई तिन शुन्यले पराजित गर्दै फाईनल प्रबेश गरेको हाे।
अब उपाधीका लागि फाईनल खेल मंगलबार हुने जनाईएको छ।
नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टोलीको सहभागी रहेको थियो। प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ। दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ।
प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो। प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
