भीरबाट लडेका प्रहरी हवल्दारकाे निधन

बैतडी: भीरबाट लडेर बैतडीमा एक प्रहरी हवल्दारको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायत रहेका छन्।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका खडायत घरबाट कार्यालय फर्किने क्रममा बुधबार बेलुका भिरबाट लडेर घाइते हुनुभएको थियाे।

खडायतलाई तत्काल गाेकुलेश्वर अस्पताल पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयाे।

घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!