काठमाडौं: आइसिसी पुरूष च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको विजेताले २.२४ मिलियन अमेरिकी डलर (३३ करोड १९ लाख रुपैयाँ बढी) नगद पुरस्कार जित्ने भएको छ। सन् २०१७ पछि च्याम्पियन्स ट्रफी पहिलो पटक हुन लागेको हाे।
आठ टोलीबीच दुई सातासम्म हुने प्रतिस्पर्धापछि आगामी मार्च ९ को फाइनलमा ट्रफी उचालेपछि विजेताले यो पुरस्कार जित्नेछ।
प्रतियोगिताको उपविजेताले १.१२ मिलियन अमेरिकी डलर पाउनेछ भने सेमिफाइनलमा पराजित दुई टोली प्रत्येकले ५ लाख ६० हजार अमेरिकी डलर पाउनेछन्। यो पुरस्कार राशी २०१७ संस्करणको भन्दा ५३% ले बढी हो।
आइसीसी पुरुष च्याम्पियन्स ट्रफीमा प्रत्येक खेलको जिते पनि पुरस्कार प्राप्त हुनेछ। प्रत्येक समूह खेल जित्ने टोलीले ३४ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ। पाँचौं वा छैटौं स्थानमा रहने टोलीले ३ लाख ५० हजार अमेरिकी डलर कमाउनेछन् भने सातौं र आठौं स्थानमा रहने टोलीले १ लाख ४० हजार अमेरिकी डलर पाउनेछन् ।
