अर्जुन ट्रफीकाे उपाधिका लागि डडेल्धुरा र अत्तरिया भिड्ने,धनगढी आउट

फाप्ला:सिवाइसी अत्तरिया कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटकाे फाइनलमा प्रवेश गरेको छ।

आइतबार भएकाे सेमिफाइनलमा डिसिए धनगढीलाई ६ विकेटले हराएर अत्तरिया फाइनलमा सुरक्षित भयाे।

जितका लागि पाएकाे १०९ रनको सामान्य लक्ष्य अत्तरियाले १८ ओभरमा ४ विकेट क्षतिमा पुरा गर्यो। जसमा शंकर रानाले अर्धशतकीय पारी खेल्दै ५६ रनमा अविजित रहे।राना प्लेयर अफ द म्याच पनि चुनिए ।

यस्तै दिपेश कडेलले २४, भीम सार्कीले १६ र विवेक यादव १२ रनमा नटआउट रहे।
धनगढीका हिक्मत महराले २,ललित राजवंशी र भाेजराज भट्टले १/१ विकेट हात पारे ।

यसअघि फाप्ला क्रिकेट मैदानको पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा अलआउट हुँदै १०८ रन बनायाे । जसमा मिलन बाेहराले २८,अभिषेक पालले २७,दीपेन्द्रसिंह ऐरीले १५,राहुल भण्डारीले १३, लाेकेश बमले ११ रन बनाए।
अत्तरियाका विकेक यादव र कमल गुप्ताले २/२ विकेट हात पारे ।
अत्तरियाले उपाधिका लागि भाेलि फ्रेन्ड्स युथ क्लब डडेल्धुरासंग खेल्नेछ।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!